निश्चित तहको उच्च शिक्षा हासिल गरिसकेपछि आफ्नो शैक्षिक उपलव्धिलाई प्रमाणको रुपमा दिइने सर्टिफिकेट नै ट्रान्सक्रिप्ट हो । त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट वनाउन सामान्यतया देशभरिवाट काठमाण्डौँमा रहेको परीक्षा नियन्त्रण कार्यलय वल्खुमा आउनु पर्ने हुन्छ । हामी धेरै जनालाई एक त नयाँ ठाउँ अर्को प्रक्रिया थाहा नहुदाँ निकै सास्ती उठाउनु पर्छ । आउनुहोस् आज यो समस्यालाई समाधान तिर लागौँ ।सर्वप्रथम परीक्षा नियन्त्रण कार्यलय वल्खु हुदै त्रिभुवन विश्वविद्यालय क्रितिपुर सम्मको नक्सा हेरौ ।
![]() |
| त्रि. वि. परीक्षा नियन्त्रण कार्यालय सम्म पुग्ने नक्सा |
सम्पर्क स्थान
त्रिभुवन विश्वविधालय
परिक्षा नियन्त्रण कार्यालय
बल्खु , काठमाडौँ , नेपाल
फोन नं : ०१- ४६७२६३२
दस्तुर : स्नाकोत्तर तहको रु. ४५० र स्नातक तहको रु. ३५०
ट्रान्सक्रिप्ट निकाल्न आवस्यक कागजातहरु
- जुन तहको ट्रान्सक्रिप्ट चाहिएको हो त्यसको सवै वषैको मार्कसिटको फोटो कपी
- रजिष्टेशन कार्डको फोटोकपी
- केन्द्रीय पुस्तकालयको LIBRARY CLEARANCE CARD
ट्रान्सक्रिप्ट निकाल्न आवस्यक प्रक्रिया
![]() |
| दस्तुर बुझाउने ठाउँ |
- माथी लेखिए वमोझिम सवै मार्कसिट, आवश्यक दस्तुर र रजिष्ट्रेशन कार्डको फोटोकपी ठिक पार्ने
- किर्तिपुरमा रहेको केन्द्रिय पुस्तकालयमा गएर Library Clearance Card वनाउने र त्यसपछि परीक्षा नियन्त्रण कार्यलय वल्खु फर्कने ।
- वल्खु कार्यलयमा निशुल्क रुपमा पाइने फर्ममा परीक्षा वर्ष, रोल नं. आदि परीक्षा दिए अनुसार राम्रोसगँ मिलाएर भरी निवेदन तयार पार्ने ।
- बल्खुमा स्थित कार्यालय संगै रहेको ग्लोबल बैंकमा लाग्ने दस्तुर तिर्ने |
- बैंकमा तिरेको रसिद, निबेदन र माथी लेखिएका कागजातहरु नथ्थी गरी तलको फोटो अनुसार सम्बन्धित शाखामा लगेर दिने |
![]() |
| संकाय अनुसार ट्रान्सक्रिप्ट झिक्न कुन कोठामा जाने ? |
6. अब करिब ५ दिन पछी ट्रान्सक्रिप्ट तयार हुन्छ |
●●●●●



No comments:
Post a Comment