Friday, July 17, 2015

स्नातक र स्नातकोत्तर तह (TU) को ट्रान्सक्रिप्ट कसरी निकाल्ने ?

निश्चित तहको उच्च शिक्षा हासिल गरिसकेपछि आफ्नो शैक्षिक उपलव्धिलाई प्रमाणको रुपमा दिइने सर्टिफिकेट नै ट्रान्सक्रिप्ट हो । त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट वनाउन सामान्यतया देशभरिवाट काठमाण्डौँमा रहेको परीक्षा नियन्त्रण कार्यलय वल्खुमा आउनु पर्ने हुन्छ । हामी धेरै जनालाई एक त नयाँ ठाउँ अर्को प्रक्रिया थाहा नहुदाँ निकै सास्ती उठाउनु पर्छ । आउनुहोस् आज यो समस्यालाई समाधान तिर लागौँ ।सर्वप्रथम परीक्षा नियन्त्रण कार्यलय वल्खु  हुदै त्रिभुवन विश्वविद्यालय क्रितिपुर सम्मको  नक्सा हेरौ । 

त्रि. वि. परीक्षा नियन्त्रण कार्यालय सम्म पुग्ने नक्सा 


सम्पर्क स्थान 
त्रिभुवन विश्वविधालय
परिक्षा नियन्त्रण कार्यालय
बल्खु , काठमाडौँ , नेपाल
फोन नं : ०१- ४६७२६३२

दस्तुर : स्नाकोत्तर तहको  रु. ४५० र स्नातक तहको रु. ३५०

ट्रान्सक्रिप्ट निकाल्न आवस्यक कागजातहरु 
  1. जुन तहको ट्रान्सक्रिप्ट चाहिएको हो त्यसको सवै वषैको मार्कसिटको फोटो कपी
  2. रजिष्टेशन कार्डको फोटोकपी
  3. केन्द्रीय पुस्तकालयको  LIBRARY CLEARANCE CARD


ट्रान्सक्रिप्ट निकाल्न आवस्यक  प्रक्रिया 
दस्तुर बुझाउने ठाउँ 
  1. माथी लेखिए वमोझिम सवै मार्कसिट, आवश्यक दस्तुर र रजिष्ट्रेशन कार्डको फोटोकपी ठिक पार्ने
  2. किर्तिपुरमा रहेको केन्द्रिय पुस्तकालयमा गएर Library Clearance Card वनाउने र  त्यसपछि परीक्षा नियन्त्रण कार्यलय वल्खु फर्कने । 
  3. वल्खु कार्यलयमा निशुल्क रुपमा पाइने फर्ममा परीक्षा वर्ष, रोल नं. आदि परीक्षा दिए अनुसार राम्रोसगँ मिलाएर भरी निवेदन तयार पार्ने । 
  4. बल्खुमा स्थित कार्यालय संगै रहेको ग्लोबल बैंकमा लाग्ने दस्तुर तिर्ने |
  5. बैंकमा तिरेको रसिद, निबेदन र माथी लेखिएका कागजातहरु नथ्थी गरी तलको फोटो अनुसार सम्बन्धित शाखामा लगेर दिने |

संकाय अनुसार ट्रान्सक्रिप्ट झिक्न कुन कोठामा जाने ?
   

   6.  अब करिब ५ दिन पछी ट्रान्सक्रिप्ट तयार हुन्छ |


●●●●●

स्थायी शिक्षक नियुक्तीका लागि शिक्षा सेवा आयोगवाट लिएको प्रश्नपत्रको नमुना - २०७२

२०६३/१/११ गते देखि रिक्त पदमा स्थायी नियुक्तीका लागि शिक्षा सेवा आयोगवाट  निम्नमाध्यमिक र माध्यमिक तहको खुला प्रतियोगितात्मक परीक्षाद्धारा शिक्षक पदपूर्तिका लागि परीक्षा सञ्चालन भएको छ । यस वर्ष देखि निम्नमाध्यमिक र माध्यमिक तहको परीक्षा क्षेत्रीय स्तरमा सञ्चालन भएको हो । माध्यमिक तहको परीक्षा मिति २०७२/०३/२५ गते र निम्नमाध्यमिक तहको परीक्षा मिति २०७२/०३/२६ गते सञ्चालन भएको थियो । परीक्षा वस्तुगत र विषयगत गरी दुई प्रकारमा दिइएको थियो । विषयगत प्रश्नमा छोटो उत्तरात्मक प्रश्नलाई खण्ड (क) , समस्यासमाधानमूलक प्रश्नलाई खण्ड (ख) र आधुनिक शैक्षणिक प्रविधि तथा खोजसम्वन्धी प्रश्नहरुलाई खण्ड (ग) मा छुट्टयाईएको थियो भने खण्ड (क) लाई एउटा कपि र खण्ड (ख) र (ग) लाई अर्को उत्तरपुस्तिका गरी दुईवटा उत्तर पुस्तिका उपलव्ध गराइएको थियो । 

माध्यमिक तहको बस्तुगत  प्रश्नपञको नमूना 

बस्तुगत प्रश्नपत्र १/३ 
बस्तुगत प्रश्नपत्र २/३ 
बस्तुगत प्रश्नपत्र ३/३ 


माध्यमिक तहको बिषयगत प्रश्नपत्रको नमुना 

सामाजिक अध्ययन १/२ 
सामाजिक अध्ययन २/२ 
 .....................

Thursday, July 16, 2015

नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा

संविधान  सभा भवन नयाँ बानेश्वर, काठमाडौँ 
आषाढ ३१, बिगत लामो समय देखी नेपाली जनताको आपनो लागि आफै संबिधान बनाउने चाहना अन्तत पुरा हुने देखिएको छ । प्रमुख राजनीतिक दलहरूबीचको पछिल्लो समझदारी, विश्वासको वातावरण र परिवर्तनलाई संस्थागत गर्ने चाहना यथावत् रहेमा अबको एक/डेढ महिनाभित्रै नयाँ संविधान आउनेछ । नेपालीले आफूमा निहित सार्वभौमसत्ता र राजकीयसत्ताको प्रयोग गरी आफ्नो संविधान आफंैले लेख्न दोस्रो पटक गरेको प्रयासले सार्थक निष्कर्ष पाउन लागेको हो ।